सूचनाको शक्ति - The Power Of Information

        

सञ्जिवसँग गायिका मेलिना राईले गरिन् इंगेजमेन्ट

कम्मरमाथि पटुकी, पल भरमै खुशी, कर्लीकर्ली कपाल, कुटुमा कुटु जस्ता गीत गाएर चर्चित बनेकी गायिका मेलिना राईले सञ्जिब बराइलीसँग इंगेजमेन्ट गरेकी छिन् ।

मेलिना स्वयंले सञ्जिवसँगको फोटो राख्दै इंगेज्ड भएको जानकारी गराएकी हुन् । मेलिना र सञ्जिव एक वर्षदेखि प्रेममा रहेका थिए ।

सञ्जिव पेसाले गिटारिष्ट हुन् । एरेन्जर तथा गिटारिस्ट गोपाल रसाइलीको समूहमा रहेर काम गर्दै आएका थिए । मेलिना आधुनिक तथा पाश्र्व गायनमा अन्जु पन्तपछि सर्वाधिक रुचाइएकी गायिका हुन् ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार १८:०८