सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंको मेयरमा एमालेबाट ५ जनाको नाम सिफारिस

 नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।

एमाले काठमाडौं महानगर कमिटीले मेयरसहित उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेको हो ।

एमालेले मेयरको उम्मेदवारका लागि पूर्वमेयर केशव स्थापित, हालका मेयर विद्यासुन्दर शाक्य तथा पूर्वमन्त्री रामवीर मानन्धरका साथै निर्मल देउला र इन्दिरा पन्तको नाम सिफारिस गरेको हो ।

सिफारिस भएका ५ पाँच जनामध्येबाट पार्टी केन्द्रले मेयरको उम्मेदवार तोक्ने छ । त्यसैगरी उपमेयरका लागि शान्ति अधिकारी, रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्लेको नाम सिफारिस गरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार ०९:१७