सूचनाको शक्ति - The Power Of Information

        

भारतमा कोरोनाको चौथो लहरको संकेत देखियो

भारतमा कोरोना संक्रमितको संख्या एक्कासि बढेसँगै चौथो लहरको संकेत देखिएको छ ।

नोयडा र गाजियावादको विद्यालयका विद्यार्थीमा ठूलो संख्यामा कोरोना देखिएकाले यसलाई चौथो लहरको संकेतका रुपमा लिनसकिने विज्ञहरुले बताएका छन ।

त्यस्तै, दिल्लीमा पछिल्लो २४ घण्टामा थप २ सय ९९ मा संक्रमण देखापरेको छ । यो संख्या २ दिन अघिको तुलनामा १ सय १८ प्रतिशत बढी हो ।

दिल्लीमा काेभिड संक्रमण दर शून्य दशमलव ५ प्रतिशतबाट बढेर २ दशमलव ७० प्रतिशत पुगेसँगै भारतको स्वास्थ्य मन्त्रालयले पुन: सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार ०७:५४