सूचनाको शक्ति - The Power Of Information

        

आज २०७९ साल वैशाख २ गते शुक्रबारको राशिफल

मेषः दिन राम्रो छ । अभिभावकको सुझावले प्रगति हुनेछ । क्षमता प्रदर्शन गर्ने क्रममा प्रतिष्ठा र पदोन्नतिको ढोका खोलिनेछ ।

वृष : रोकिएका काम सुरु हुनेछन् । आफ्नो क्षेत्रमा सफलता मिल्नेछ । खानपिन र मनोरञ्जनमा मन जानेछ ।
मिथुनः आम्दानी बढ्नेछ । रोग बढ्ने भएकाले खानपानको ख्याल गर्नुहोला।

कर्कटः प्रतिस्पर्धी सक्रिय भएकाले सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ ।

सिंहः रोगबाट मुक्त हुने योग छ। परिवार सुख हुनेछ। काम गर्दा एक पटक सोच्नुपर्ने देखिन्छ ।

कन्याः रोकिएका काम पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।

तुला : प्रेम बढ्नेछ ।अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ।

वृश्चिक : बोल्दा ख्याल गर्नुहोला । आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।

धनु : स्वास्थ्यमा गढबढी बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ। शिक्षामा प्रगति देखिन्छ ।

मकर : धेरै रोकिएका कामहरु बन्नेछन्। सम्पत्ति आर्थन हुने योग छ ।

कुम्भः बोलीमा मिठास आउनेछ। सोचेका काम बन्नेछन् । सोचेर काम अगाडि बढाउँदा हुन्छ ।

मीन: माया बढ्नेछ । दिन राम्रो भएकाले उन्नति प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार ०७:३७