सूचनाको शक्ति - The Power Of Information

        

आन्ध्र प्रदेशमा एक कारखानामा आगलागी, ६ को मृत्यु

आन्ध्र प्रदेशमा ईलुरु जिल्लाको अक्किरेड्डीगुडेममा एक रसायनिक कारखानामा आगलागीका कारण ६ जनाको मृत्यु भएको छ र १२ जना घाइते भएका छन् । घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।

ईलुरुका प्रहरी अधिकारी देव शर्माले घाइतेको उपचार विजयवाडामा एक सरकारी अस्पतालमा भर्ना गरिएको छ ।उनले बुधबार राती पोलिमर पावर बनाउने संयन्त्रको रियाक्टरमा आगलागी भएको बताए ।

नाइट्रिक एसिड, मोनोमेथिल चुहावट भएपछि आगालागी भएको र थुप्रै कामदार त्यसमा फसेका थिए ।

समाचार एजेन्सी पिटिआईका अनुसार सरकारी अस्पतालका डाक्टरले घाइतेमध्ये चारजनाको अवस्था निकै गम्भीर छ ।यतिबेला मुख्यमन्त्री वाइएस जगनमोहन रेड्डीले यो घटनामाथि दुःख व्यक्त गरेका छन् ।

उनले मृतक परिवारलाई २५ लाख, गम्भीर रुपमा घाइतेलाई पाँच लाख र सामान्य रुपमा घाइतेलाई दुई लाख दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार ११:१०