सूचनाको शक्ति - The Power Of Information

        

दीपाले दिइन् दीपकलाई जन्मदिनको यस्तो शुभकामना

अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलाले दीपकराज गिरी कला र कलाकारिताको पुजारी भएको बताएकी छन् । उनले दीपकलाई जन्मदिनको शुभकामना दिदै यस्तो भनेकी हुन् ।

आज (बिहीबार) परेको जन्मदिनको दीपाले बिहानै सामाजिक सञ्जालमा एक पोष्ट गर्दै दीपकको प्रशंसा गर्दै सरस्वतीको पुत्र भएको समेत बताएकी छन् ।

उनले दीपकलाई सत्य बोल्ने ब्यक्ति समेत भएको उल्लेख गरेकी छन् । ‘सरस्वतीको पुत्र दीपक । कला र कलाकारिताको पुजारी दीपक ।

जे हो त्यही सत्य बोल्ने दीपक’ उनले अगाडि लेखेकी छन्, ‘परिवारको लागि अभिभावक दीपक ।’ उनले दीपक नाम जस्तै उज्यालो छर्ने दीपक भएको समेत उल्लेख गरेकी छन् ।

उनले अगाडि थपेकी छन्, ‘तेतिस कोटी भगवान र दर्शकको साथ होस् दीपक । जन्मदिनको शुभकामना प्यारो साथी दीपक ।’ उनले जन्मदिनको शुभकामनाका साथमा नयाँ वर्षको समेत शुभकामना दिएकी छन् ।

दीपक र दीपा नेपाली कला क्षेत्रमा लामो समयदेखि सहकार्य रहँदै आएको छ । यी दुबै पछिल्लो समय फिल्म ‘छक्का पन्जा ४’ निर्माण तयारीमा छन् ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार ११:०७