सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिम प्रदेशमा आज बिसुु पर्व मनाइँदै

SONY DSC

सुदूरपश्चिम प्रदेशमा आज बिसु पर्व मनाइँदै छ । नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले बिसु पर्वका रुपमा मनाउने गरेका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्ला डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलिकताअनुसार बिसु पर्व मनाइने गरेको ज्योतिष जयप्रसाद जोसीले बताउनुभयो ।

सुदूरपश्चिममा एक वर्षभरि विदेशिएका सबै परिवारका सदस्य र दिदी, बहिनीसमेत माइतीघर आउने र सबै एकै ठाउँमा जमघट भइ मीठा–मीठा खानेकुरा तथा स्थानीय खानाका परिकार पकाइ खुसी साटासाट गरी मनाउने गरिएको पाइन्छ ।

सुदूरपश्चिम प्रदेशमा सिस्नो लगाएर बिसु पर्व मनाउने गरिएको छ । देवर र भाउजु तथा साली र भिनाजुले एकापसमा सिस्नो लगाएर पनि नयाँ वर्ष तथा बिसु पर्व मनाउने गरेका छन् ।

आजको दिन सिस्नो लगाए वर्षभरि सङ्कट नआउने जनविश्वास रहेको अमरगढी नगरपालिका–७ का टेकराज भट्टले बताउनुभयो ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार १०:५७