सूचनाको शक्ति - The Power Of Information

        

रुसी युद्धपोतमा विष्फोट, आफूले मिसाइल प्रहार गरेको युक्रेनको दाबी

कृष्णसागरमा तैनाथ रुसी युद्धपोतमा विष्फोट भएको छ । युक्रेनसँगको युद्धका लागि तैनाथ मोस्क्भा नामको युद्धपोतमा विष्फोटपछि आगो लागेर ब्यापक क्षति पुगेको छ ।

युक्रेनले आफ्नो सेनाले प्रहार गरेको दुई वटा क्रुज मिसाइलले युद्धपोत ध्वस्त बनाएको दाबी गरेको छ ।

उता, रुसले युद्धपोतमा क्षति पुगेको स्वीकार्दै त्यसको कारणको विषयमा अध्ययन भईरहेको बताएको छ । रुसी रक्षा मन्त्रालयले आफ्नो प्रमुख युद्धपोतमा गम्भीर रुपमा क्षति पुगेको र अनुसन्धान भईरहेको बताएको छ ।

यसैगरी, अमेरिकाले युक्रेनलाई ८० करोड डलर बराबरको सैन्य सहयोग घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त सहयोग घोषणा गर्नुभएको हो ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार ०९:३२