सूचनाको शक्ति - The Power Of Information

        

यस्तो रहनेछ नयाँ वर्ष २०७९ सालको वार्षिक राशिफल

विश्वभरी रहेका आम नेपाली नागरिकहरू नयाँ वर्ष विसं. २०७९ साललाई स्वागत गरिसकेका छन् । नयाँ वर्षले सुख, शान्ति, सन्तोष, उन्नति प्रगति ल्याओस् भन्ने कामना गरिरहेका छन् । यसै सन्दर्भमा आउँदै गरेको नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा सामाजिक सञ्जालका भित्ताहरू ज्योतिषीहरूका राशिफलले ढाकिएका थिए ।

अन्य सम्वतका नयाँ वर्षमा भन्दा विक्रम सम्वतको नयाँ वर्षमा आमसर्वसाधारणहरूको रुची, चासो र ध्यान विशेष हुनुको पछाडि राशिफल पनि एउटा कारण हो । सूर्यले ३६० डिग्रीको यात्रा सकेर पुनः शुन्य डिग्रीबाट यात्रा तय गर्ने दिनबाट शुरु हुने वर्ष भएको हुनाले पनि अन्य सम्वतका वर्षमा भन्दा विक्रम सम्वत नयाँ वर्षको तात्विक भिन्नता र महत्व रहेको पाइन्छ ।

यस प्रकारको वैज्ञानिकता अन्य सम्वतका वर्षमा पाइँदैन पनि । राशिफल एवं विभिन्न सफल भविष्यवाणी गरी चर्चित बनेका ज्योतिषी दीपक सुवेदीले वार्षिक राशिफल सार्वजनीक गरेका छन् । ज्यो. सुवेदीले मान्छेलाई बढी सावधानी के कुरामा हुन जरुरी छ, त्यसको बारेमा बढी फोकस गरेका छन् । राम्रो राम्रो नै छ, जुन कुरा नबताए पनि सेवाग्राहीलाई हानी हुँदैन ।

तर नराम्रो के छ त्यो बताइयो भने सम्बन्धित व्यक्ति नराम्रोप्रति सावधान हुनसक्छ र आउन सक्ने नोक्सानीबाट बच्नसक्ने उनी बताउँछन् । ‘राशिफल सुनेर, हेरेर, पढेर मान्छेलाई मख्ख बनाउनेभन्दा पनि विपरितफलप्रति सतर्क गराउने र राम्रो कार्यप्रति प्रोत्साहन गराउनुपर्छ,’ सुवेदी भन्छन् । यस्तो छ, उनले गरेको भविष्यवाणी –

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार ०६:५१