सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

नेपालगन्ज उपमहानगरमा कांग्रेसबाट प्रमुखमा १४ र उपप्रमुखमा ११ आकांक्षी

सत्तारूढ दल नेपाली कांग्रेसका तर्फबाट बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदका लागि १४ आकांक्षी देखिएका छन् । उपप्रमुखका लागि ११ आकांक्षी देखिएका छन् ।

पार्टीको उपमहानगर समितिले तीन दिनअघि मेयर पदमा १४ आकांक्षीको नामसहित क्षेत्रीय कार्यसमितिलाई सिफारिस गरेको छ । उपमहानगरको प्रमुखका लागि रमेशकुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापा मगर, सुनील राणा, निरञ्जन सिंह सिजापती आकांक्षी छन् ।

यस्तै, डा. सुरेशकुमार कनौडिया, माया पुन, अजितकुमार शर्मा, रवीन्द्रमान श्रेष्ठ, वीरेन्द्रबहादुर शाह, अच्युतप्रसाद प्रसाईं, ललित रौनियार, मो कादिर जोलाह र दिवाकर खनाल आकांक्षी छन् ।

उपप्रमुखका लागि रेणु सिंह ठाकुर, लीक्षा कोइराला, रत्न राणा, शिवकुमार वर्मा आकांक्षी छन् । यस्तै, पूर्ण सिंह ठकुरी, मीनाकुमारी बोहरा, नारायणी रुपाखेती, मो कमाल अन्सारी, गोकर्ण शाही, वन्दना सिंह र अतुलकुमार गुप्ता आकांक्षी छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार १६:२४