सरकारले सशस्त्र प्रहरी बलको आइजीपीमा पुष्पराम केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई आइजीपी नियुक्त गरेको हो । यसअघिका आइजीपी शैलेन्द्र खनालले ३० वर्षे सेवा हदका कारण यही चैत २८ गते अनिवार्य अवकाश पाएपछि एआइजी केसीलाई आइजीपी नियुक्त गरिएको हो ।
आइजीपीको दौडमा एआइजी केसी र रामशरण पौडेल थिए । उनीहरू दुवैले वैशाख १९ मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनेछन् । वैशाख १९ पछि सशस्त्र प्रहरीमा फेरि नयाँ आइजीपी नियुक्ति हुनेछन् ।
सत्यपाटी । काठमाडौं ।