मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। बुधबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए।
आजको बैठकमा सशस्त्र प्रहरीको आईजीपी नियुक्ति लगायका अजेण्डा रहेको बताइएको छ। चुनावको मुखमा अर्धसैन्य संरचनामा रहेको सुरक्षा फोर्स सशस्त्र प्रहरी बल नेतृत्वविहीन बनेको छ।
सरकारको ढिलासुस्तीका कारण सोमबार राति १२ बजेदेखि सशस्त्र प्रहरी नेतृत्वविहीन बनेको हो। महानिरीक्षक (आईजीपी)को चार वर्षे कार्यकाल सकेर शैलेन्द्र खनाल सोमबार बिदा भएका थिए।
उनी बिदा हुनुअगावै सरकारले आईजीपीमा बढुवा गर्नुपर्ने चलन भए पनि सरकारले आईजीपी बनाएको छैन।
सत्यपाटी । काठमाडौं ।