सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

बझाङको छबिस पाथिभेरा गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बुधबार बिहान  छबिस पाथिभेरा गाउँपालिका ३ बाहुन डाँडाबाट भाँडेबगर जाने क्रममा छबिस पाथिभेरा गाउँपालिका १ मोरिबगर नजिकै से १ ज ६७३ नम्बरको जीप दुर्घटना हुँदा सोहि ठाउँका  ५० वर्षीय जय बहादुर शार्कीको मृत्यु भएको हो ।

माथी भिरबाट ढुंगा खसेर जीपमा ठोक्किँदा जीप सडक भन्दा झण्डै १ सय ५० मिटर तल सेती नदीमा खसेको थियो । घरबाट भाँडेबगर जाने क्रममा मोरिबगर नजिकै जीप दुर्घटना भई जय बहादुर शार्कीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञान बहादुर बिष्टले जानकारी दिए ।

जीप सेती नदीमा खसेको हुँदा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल गएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार ०९:३९