सूचनाको शक्ति - The Power Of Information

        

आज २०७८ साल चैत ३० गते बुधबारको राशिफल

मेष : आम्दानी हुनेछ। साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ।

वृष : आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ।

मिथुन : आम्दानी र खर्च बराबर हुने देखिन्छ। रोग बढ्नेछ।

कर्कट : प्रतिस्पर्धीहरु सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ।

सिंह : रोगबाट मुक्त हुने योग छ। परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला।

कन्या : अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।

तुला : पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या छ।

वृश्चिक : आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।

धनु : रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ।

मकर : अधुरा कामहरु बन्नेछन्। आयआर्जन बढ्नेछ।

कुम्भ : बोलीमा मिठास आउनेछ। सोचेका कामहरु अधुरा रहनेछन्।

मीन : उन्नति प्रगति हुनेछ। दाम्पत्य जीवन सफल रहेको छ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार ०७:५८