सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन:

एमालेकाे सुझाव संकलन सकियो, वैशाख ९ गते घोषणापत्र जारी गर्ने

निर्वाचनको घोषणापत्र दुई किसिमका

नेकपा (एमाले)ले वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

मंगलबार पार्टीका नेताहरूले बुझाएको सुझावपत्र ग्रहण गर्दै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसको जानकारी दिनुभयो ।

संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई असर नपर्ने गरी घोषणा पत्र आउने उहाँको भनाइ छ ।

विगतमा गरेका कामको समीक्षा गर्दै एमालेले अब गर्ने काम जनताले बुझ्ने गरी घोषणा पत्रमा समावेश गर्ने पोखरेलले बताउनुभयो ।

एमालेले जारी गर्ने स्थानीय तह निर्वाचनको घोषणापत्र दुई किसिमका हुने उहाँले जानकारी दिनुभयो ।

केन्द्रबाट जारी गरिने घोषणापत्रमा नेकपा एमालेले स्थानीय तहमा निर्वाचित भइसकेपछि र स्थानीय सरकारमा नेतृत्व प्राप्त गरिसकेपछि कुन क्षेत्रमा कसरी काम गर्ने भन्ने बारे उल्लेख हुने उहाँले बताउनुभयो ।

यस्तै, केन्द्रीय तहबाट जारी गरिने घोषणात्रकै आधारमा ७५३ वटै पालिकाले प्रतिवद्धता पत्र जारी गर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार १८:३३