सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाका २६ बिरामी थपिए

नेपालमा कोरोनाका २६ बिरामी थपिएका छन् ।

४ हजार ७८ जनामा गरिएको परीक्षणमा २६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७ बिरामी निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९ लाख ६६ हजार १ सय ११ पुगेको छ ।

यो अवधिमा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन ।

सोही समयमा देशमा ४१ हजार ४ सय ७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ५ सय ५४ जना रहेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार १८:२२