सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को १७ चैतको सिफारिस र २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति भण्डारीले सेना परिचालनका लागि स्वीकृति दिनुभएको हो ।

नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम उहाँले सेना परिचालनको लागि स्वीकृति दिनुभएको हो ।

‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्न सकिने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार १८:०२