२०६२/०६३ को आन्दोलनपछि नेपालमा राजतन्त्रात्मक व्यवस्था परिवर्तन भयो । चोकचोकमा भएका तत्कालिन राजारानीका शालिकहरु तोडिए । मुलुकमा गणतन्त्र स्थापना भएसँगै संघीयता आयो ।
संघीयता आएसँगै राज परिवारका सदस्यहरु आम नागरिकसरह जीवन विताइरहेका छन् । राजतन्त्रमा राजालाई शिवको प्रतिक मानिन्थ्यो । शिवकै अवतारका रुपमा राजालाई पुजा गरिन्थ्यो ।
गणतन्त्र स्थापनासँगै पुजा गर्नु त परै जाओस्, राजालाई शिवको अवतार पनि मान्न छाडियो । नेपालका केही राजनीतिक दल र समुहले राजतन्त्र पुनःस्थापनाको वकालत गर्दै आएका पनि छन् ।
तर, भारतको एउटा यस्तो मन्दीर छ, जहाँ नेपालका राजारानीको तस्वीर राखेर अहिले पनि पुजाआजा गर्ने गरिन्छ । मन्दिरमा रहेको भगवती माताको मूर्तिसँगै नेपालका राजारानीको तस्वीर राखिएको छ ।
भारतको उत्तर प्रदेशस्थित बहराइचमा रहेको माता जगपती धाम लक्ष्मणपुर राप्ती बैराजमा रहेको मन्दिरमा नेपालका राजारानीको तस्वीरमा दैनिक पुजाआजा हुने गरेको मन्दीर व्यवस्थापन समितिले जनाएको छ ।
मन्दिर स्थापना भएदेखि नै उक्त मन्दीरमा राजारानीको तस्वीर राखेर पुजाआजा गर्ने गरिएको जानकारहरु बताउँछन् । जानकारहरु भन्छन्, ‘नेपालका राजपरिवारसँग मन्दिरको आस्था जोडिएको छ ।’
सत्यपाटी । बाँके ।