सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनले संयुक्त प्रचार–प्रसार संयन्त्र बनाउने

लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले संयुक्त चुनाव प्रचार–प्रसार संयन्त्र बनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले बुटबलमा बसेको पाँच दलीय गठबन्धन बैठकले संयुक्त चुनाव प्रसार संयन्त्र बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले जिल्ला स्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी सोको रिपोर्ट प्रदेशमा पठाउनका आग्रह गर्ने निर्णय पनि गरेको छ ।

चुनावको अनुगमनका लागि संयुक्त स्थलगत अनुगमन कार्यदल बनाएको नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताउनुभयो ।

कार्यदलमा कांग्रेसका राजु खनाल, माओवादी केन्द्रका लुमकान्त न्यौपाने, एकीकृत समाजवादीका अशोक कोइराला, जनता समाजवादी पार्टीका अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री रहेका छन् ।

बैठकले ७० वर्षदेखि नेपाली जनताको अनवरत संघर्षबाट प्राप्त उपलब्धि गणतन्त्र प्रतिगमनका कारण धरापमा परिसकेको र प्रतिगमनकारी राजनीतिक संकट अझै समाप्त हुन नसकेको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार १९:१७