सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति चयनका लागि फ्रान्समा दोस्रो चरणको मतदान हुने निश्चित

राष्ट्रपति चयनका लागि फ्रान्समा दोस्रो चरणको मतदान हुने निश्चित भएको छ ।

फ्रान्समा राष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेद्वारले आवश्वयक बहुमत पुर्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने निश्चित भएको छ ।

पहिलो चरणको मतदानमा वर्तमान राष्ट्रपति इमानुएल माक्रोँले सबै भन्दा बढी मत ल्याए पनि उनले आवश्यक बहुमत पाउन सकेनन् ।

त्यसकारण दोस्रो चरणमा माक्रोँको प्रतिस्पर्धा मारिन ल पेनसँग हुनेभएको छ । पहिलो चरणको मतदानमा ९४ प्रतिशत मतगणना हुँदा मात्रोँले २७ दशमलव ४२ प्रतिशत मत प्राप्त गर्दा ल पेनले २४ दशमलव १६ प्रतिशत मत प्राप्त गरेका थिए ।

राष्ट्रपतीय चुनाव दोस्रो चरणमा जाने भएपछि ल पेनले परिवर्तनका लागि नयाँ नेतृत्व आवश्यक भएको भन्दै फ्रान्सेली जनतालाई आफ्नो समर्थन गर्न आह्वान गरेका थिए ।

राष्ट्रपति चुनावको दौडमा १२ जना उम्मेदवार रहेकोमा ३ जनाले मात्र १० प्रतिशत भन्दा बढी मत प्राप्त गरेका छन् ।राष्ट्रपति चयनका लागि फ्रान्समा दोश्रो चरणको मतदानको मिति भने तय गरिएको छैन ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार ०९:२४