सूचनाको शक्ति - The Power Of Information

        

प्रिमियर लिग फुटबलमा सिटी र लिभरपुलबीचकाे खेल बराबरी

इंग्लीश प्रिमियर लिग फुटबलमा उपाधि दावेदार टोलीहरु म्यान्चेस्टर सिटी र लिभरपुलले २-२ गोलको बराबरी खेलेका छन् ।

म्यान सिटीको मैदानमा आइतबार राति भएको खेलमा घरेलु टोलीले दुई पटक अग्रता लिएर पनि जित निकाल्न सकेन । खेलमा सिटीको लागि केभिन डे ब्रायन र ग्याब्रियल जिससले गोल गर्दा लिभरपुलका डिएगो योटा र सादियो मानेले दुई गोल फर्काएका हुन् ।

यो बराबरीपछि प्रिमियर लिगको उपाधि होड झनै रोचक बनेको छ । सिजनका ३१ खेल सकिंदा शिर्ष स्थानको सिटी र दोस्रो स्थानको लिभरपुलबिच एक अंकको दुरी छ ।

प्रिमियर लिग अन्तर्गत गएराति भएका अन्य खेलहरुमा लेष्टर सिटीले क्रिष्टल प्यालेसलाई २–१ ले हराउँदा ब्रेन्टफोर्डले वेष्ट ह्याम युनाइटेडलाई तथा नरिच सिटीले बर्न्लेलाई २–० ले हराएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार ०९:२१