सूचनाको शक्ति - The Power Of Information

        

पाकिस्तानको संसदले आज नयाँ प्रधानमन्त्री चयन गर्दै

पाकिस्तानमा आज (साेमबार) नयाँ प्रधानमन्त्री चयन गरिने भएको छ ।

इमरान खानको सरकारले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि गत शनिबार राती सरकार ढलेको थियो । विपक्षी मोर्चाले पूर्व प्रधानमन्त्री नवाज शरिफका भाई शाहबाज शरिफलाई नयाँ प्रधानमन्त्रीमा अघि सरेका छन् ।

शरिफको मनोनयन दर्ता भइसकेको छ । त्यस्तै, इमरान खानको सरकारमा विदेशमन्त्री रहेका मोहम्मद कुरेसीले पनि प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गराएका छन् ।

तर शरिफले बहुमत पाउने प्रष्ट छ । आफू विरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने भएपछि इमरान खानले गर्नुभएको संसद विघटनलाई सर्वोच्च अदालतले उल्ट्याइ दिएको थियो ।

त्यसपछि संसदमा मतदान हुँदा खान सरकारले बहुमत गुमाएको थियो । पाकिस्तानको ७५ वर्षे इतिहासमा अहिलेसम्म कुनै प्रधानमन्त्रीले पनि पाँच वर्षे कार्याकाल पूरा गर्न पाएका छैनन् ।

पाकिस्तानमा सन् १९९३ मा एकै वर्ष पाँच जना प्रधानमन्त्री परिवर्तन भएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार ०८:२०