सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनको अर्थतन्त्र ५० प्रतिशतले खुम्चिने विश्व बैंकको प्रक्षेपण

डेढ महिनादेखि रुसको आक्रमण व्यहोर्दै आएको युक्रेनको अर्थतन्त्र डामाडोल भएको निष्कर्ष विश्व बैंकले निकालेको छ ।

विश्व बैंकले निकालेको रिपोर्ट अनुसार युद्धका कारण युक्रेनको अर्थतन्त्र करीब ५० प्रतिशतले खुम्चिने छ । युद्धले त्यहाँको व्यापार व्यावसाय ध्वस्त बनाएको छ भने निर्यात शून्यमा झरेको छ ।

युक्रेनको उत्पादकत्व क्षमता पनि पूरै डामाडोल अवस्थामा पुगेको निष्कर्ष विश्व बैंकको छ । युक्रेनको कुल  ग्राहर्थ  उत्पादन कम्तिमा ४५ प्रतिशतले घट्ने प्रक्षेपण छ ।

युक्रेनको अर्थतन्त्रलाई ढल्न नदिन ठूलो सहयोग आवश्यक पर्ने पनि विश्व बैंकले बताएको छ । उता, रुसको कुल  ग्राहर्थ  उत्पादन पनि ११ प्रतिशतले खुम्चिने आँकलन विश्व बैंकको छ ।

युक्रेनमाथिको आक्रमणपछि पश्चिमी देशहरुले लगाएको आर्थिक नाकाबन्दीका कारण रुसको अर्थतन्त्रमा पनि असर पुगेको र  ग्राहर्थ  उत्पादन घट्ने देखिएको हो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार ०८:१६