सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा नेकपा एसको संगठन विस्तार अभियान तीव्र

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत सामाजवादी)ले बाँकेमा आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ । उसले दैनिकजसो वडा तथा टोल कमिटी विस्तार अभियानलाई तीव्र बनाएको हो ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा बाँकेमा नेकपा एसले संगठन विस्तार अभियानलाई तीव्रता दिएको पाटीका बाँके जिल्ला कमिटी सचिवालय सदस्य एवं बाँके क्षेत्र ३ (ख) प्रदेश कमिटी संयोजक ऋषि पोखरेलले जानकारी दिए ।

उनका अनुसार संगठन विस्तार अभयिानलाई तीव्र बनाइरहेको नेकपा एसले आज खजुरा गाउँपालिका वडा नंं. २, ‘सी’गाउँमा कर्णबहादुर गुरुङको अध्यक्षतामा ५५ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।

कार्यक्रममा नेकपा एसका जिल्ला सदस्य एवं खजुरा गाउँपालिका वडा नं. २ का वडा सदस्य नन्दलाल गुर्ताल, जिल्ला सदस्य देउराम ओली, प्रदेश सदस्य अर्जुन उप्रेतीको बिशेष उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतवार १७:२६