बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको शव जितपुरघाटमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण हो ।
बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । धमलाको शव ११ः२० बजे भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सत्यपाटी । चितवन ।