सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्डका भाई राष्ट्रिय सभा सदस्यमा मनोनीत

राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनका नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी छन् । सरकारको सिफारिसमा उनले दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी हुन् ।

उनी प्रचण्डका काकाका छोरा हुन् । नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रामनारायण बिडारीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा उनी मनोनीत भएका हुन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ०७:०६