सूचनाको शक्ति - The Power Of Information

        

२४ घण्टामा १२ जनामा काेराेना सङ्क्रमण

पछिल्लो २४ घण्टामा नेपालमा १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार तीन सय ४९ जनाको नमुना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ८९ जना कोरोना सङ्क्रमित निको भएका छन् । २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन ।

अहिले नेपालमा ६ सय ६९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । यही अवधिमा २६ हजार ४५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार १८:४३