रगतपछि पहिलो पटक जिउँदो मान्छेको फोक्सोमा पनि प्लाष्टिक भेटिएको छ । शरीरमा प्लास्टिकका अंश भएको प्रमाण भेटिनुको अर्थ वातावरणमा फैलिएको यो विषालु तत्व हाम्रो नशा र अन्य अंगमा पुगेर हामीलाई भीत्रभीत्रै असर गर्न थालेको छ ।
रगतपछि मानव फोक्सोको भित्री भागमा माइक्रोप्लास्टिक्सका कण भएको पत्ता लाग्नुले हामी मानवको अस्तित्वमा नै खतराको शंकेत गरिरहेको छ । आज धरतीमा प्लास्टिकमुक्त स्थान पाउन गाह्रो भइसकेको छ ।
माइक्रोप्लास्टिक्सका कणहरू हाम्रा हिमालयदेखि समुद्रका गहिराइसम्म र मानव उपस्थीति नै नभएको आर्कटिक और अन्टार्कटिकजस्ता स्थानमा भेटिइसकेको छ । जर्नल साइन्स अफ द टोटल इन्भाइरोनमेन्टमा प्रकाशित अनुसन्धानका अनुसार माइक्रोप्लास्टिक्सका कणहरू फोक्सोका हरेक हिस्सामा भेटिएको छ ।
वैज्ञानिकहरूले शल्यचिकित्सा भएका १३ मध्ये ११ जनाको फोक्सोका टिस्यु (तन्तु)मा माइक्रोप्लास्टिक्सका कणहरू भेटेका छन् । यसमध्ये पोलिप्रपइलिन और पीईटी (पोलिथिलीन टेरेफ्थालेट) सबभन्दा बढी भेटिएको हो ।
स्मरण रहोस् पोलिप्रपइलिनको उपयोग सामानहरू प्याकिङ गर्न अनि पाइपमा प्रयोग हुन्छ भने पीइटीको प्रयोग प्लास्टिकका बोतल बनाउन गरिन्छ । वेलायतका अनुसन्धानकर्ताका अनुसार माइक्रोप्लास्टिकका यी कण श्वासप्रश्वासका माध्यमबाट फोक्सोमा पुगेको हुन सक्छ ।
यस अध्ययनका अनुसन्धानकर्ताले माइक्रोप्लास्टिक्सका ३९ कण भेटेका थिए । अनुसन्धानमा महिलाका तुलनामा पुरुषमा माइक्रोप्लास्टिक्सका धेरै कण पाइएका थिए । अनुसन्धानकर्ताले उपलब्ध नमूनामा कुल १२ किसिमका प्लाष्टिकका कण भेटे ।
त्योभन्दा पनि अचम्मको कुरा अनुसन्धानकर्ताले पाएका प्लास्टिकका ती ३९ टुक्रामध्ये ११ फोक्सोको माथिल्लो भागमा, ७ वटा मध्य भागमा र २१ वटाचाहिँ फोक्सोका भित्री भागमा पाइएको थियो । यसभन्दा अगाडि मानव रगतमा पहिलो पटक माइक्रोप्लास्टिकको उपस्थितिको प्रमाण वैज्ञानिकहरूले फेला पारेका थिए ।
वैज्ञानिकहरूले परीक्षण गरेका १० मध्ये ८ जनाको रगतमा माइक्रोप्लास्टिकका कण फेला पारेका थिए । तीमध्ये आधाजसो रगतमा त प्लास्टिकको बोतलमा प्रयोग हुने पीइटी (पोलिथिलीन टेरेफ्थालेट) प्लाष्टिक पाइएको थियो । यो अनुसन्धान पनि जर्नल साइन्स अफ द टोटल इन्भाइरोनमेन्टमा प्रकाशित भएको थियो ।
यसभन्दा अगाडि कर्नेल र युटा स्टेट यूनिभरसिटीका अनुसन्धानकर्ताले गरेको एक अध्ययनबाट सामानको प्याकिङ तथा पेय पदार्थका बोतलमा प्रयोग हुने प्लास्टिकका ससाना कण हावाका माध्यमबाट पूरै दुनियाको यात्रा गर्न सक्छ भन्ने पत्ता लागेको थियो ।
अनुसन्धानकर्ताका अनुसार वातावरणमा प्रवेश गरेपछि माइक्रोप्लास्टिकका कण लगभग छ दिनसम्म हावामा रहन सक्छ्र यसको अर्थ हो यति समयमा ती कणले महाद्विपको यात्रा गर्न सक्छ वा श्वास फेर्दा हाम्रो शरीरको भित्री अङ्गमा पस्न सक्छ ।
फ्लोरिडा स्टेट यूनिवर्सिटीद्वारा गरिएको एक अध्ययनमा वैज्ञानिकहरूले शरीरमा पुगेपछि प्लास्टिकका महिन कणले कोशिकाहरूको कार्यप्रणालीलाई प्रभावित गर्ने पत्ता लगाएका छन् । यतिमात्र होइन फोक्सोमा छिरेपछि प्लास्टिकका यी कणले फोक्सोका कोशिकाको मेटाबोलिज्म र त्यसको विकासमा पनि असर गर्न सक्छ ।
यसले कोशिकाको आकारलाई प्रभावित गर्नुका साथै तिनको रफ्तारलाई पनि बाधा पुर्याउँछ । यसैगरी जर्नल इनभायरोनमेन्ट इन्टरनेशनलमा प्रकाशित एक शोधका अनुसार जन्मन अगाडिको शिशुको प्लेसेन्टा अर्थात गर्भनालमा पनि माइक्रोप्लास्टिक भएको पत्ता लागेको छ ।
खतरा यो मात्र पनि होइन । जर्नल अफ हैजर्डस मैटेरियल्स लेटर्समा प्रकाशित अनुसन्धानका अनुसार हामीले दिनदिनै प्रयोग गर्ने टुथपेस्ट, क्रीमसँगै हाम्रो भोजन, हवा र खानेपानीसम्ममा रहेको प्लास्टिकको कणले ब्याक्टेरियाको एन्टीबायोटिक रेसिस्टेन्सको खतरालाई ३० गुणाले बढाउन सक्छ ।
एजेन्सी । काठमाडौं ।