सूचनाको शक्ति - The Power Of Information

        

आईपीएलमा आज एक खेल : दिल्ली र लखनउमा कसले मार्ला बाजी ?

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बिहीवार एक खेल हुँदैछ ।

मुम्बईमा हुने खेलमा दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

दुई टोलीबीचको खेल राति ७:४५ बजे शुरू हुनेछ ।

नवप्रवेशी टोली लखनउ आज तेस्रो जितको खोजीमा हुनेछ ।

लखनउ ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ  ।

यता, दिल्ली दोस्रो जीतको खोजीमा हुनेछ ।

दिल्लीले दुई खेलमा २ अंक जोडेको छ । दिल्ली सातौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार ०८:२८