सूचनाको शक्ति - The Power Of Information

        

आज २०७८ साल चैत २४ गते बिहीबारको राशिफल

मेष : आकस्मिक लाभ हुनेछ। व्यापार व्यवसायमा राम्रो छ। दाम्पत्य जीवनमा खटपट हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

वृष : सोचेका तर रोकिएका काम बन्नेछन्। रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा पुग्नेछ। व्यापार व्यवसायमा राम्रो छ।

मिथुन : झुठा आरोप लाग्नसक्छ। पुराना साथीभाइबाट राम्रो सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। शिव भगवानको स्मरण गर्नुहोला, यसले फाइदा गर्नेछ।

कर्कट : दिन राम्रो छ। स्वदेशमाभन्दा विदेशमा गरेको लगानीले फाइदा मिल्नेछ।

सिंह : हरेक क्षेत्रमा चर्चा हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। खुट्टा तान्ने बढ्नेछन्।

कन्या : खर्च बढ्नेछ। व्यापार व्यवसायमा लगानी गर्दा विवेक प्रयोग गर्नुपर्नेछल। दाम्पत्य जीवनमा खटपट हुनसक्छ।

तुला : रोगबाट मुक्त हुने योग छ। कुरा काट्नेहरु बढ्नेछन्। आफ्नो काम गर्दा सुनाउँदै भन्दा आफ्नै ढंगले गर्नु राम्रो हुनेछ।

वृश्चिक : दैनिकी राम्रो छ। धनसम्पत्ति जोगाउन ध्यान दिनुहोला। अनावश्यक खर्च बढ्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ।

धनु : संघर्ष गर्नुपर्नेछ। साथीभाइको सहयोगबाट गरेको काममा सफलता मिल्नेछ।

मकर : राम्रो कामको थालनी हुनेछ। अन्य क्षेत्र सामान्य रहेपनि शिक्षामा गरेको लगानीबाट ठूलो प्रगति हुनेछ।

कुम्भ : ठूलो काम गर्ने अवसर मिल्नेछ। धैर्य गरेर अगाडि बढ्नुपर्नेछ। व्यापार व्यवसायमा फाइदा मिल्नेछ।

मीन : आजको दिन राम्रो छ। प्रगति हुनेछ। राजनीतिमा राम्रो छ। संगठनमा जिम्मेवारी प्राप्त हुनसक्छ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार ०७:४३