सूचनाको शक्ति - The Power Of Information

        

दलहरूले चुनावमा के–के गर्न हुँदैन

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ ।

आयोगले आज मङ्गलवार राजनीतिक दलहरूलाई बोलाएर स्थानीय निर्वाचन २०७९ का बेलामा राजनीतिक दलहरूले के–के गर्न नहुने भन्नेबारेमा ६० बुँदे निर्देशन दिएको हो ।

आयाेगले आज नै दलहरूलाई आचारसंहिता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएकाे थियाे ।

निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुनअनुसार बमोजिम चुनावको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने  उद्देश्यले अवरोध पुर्‍याउन नहुने आयोगको बुँदामा उल्लेख छ ।

यस्तै निर्वाचन अवधिभित्र कुनै मतदातालाई उसकाे मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम दिन नहुने पनि आयाेगकाे बुँदामा उल्लेख छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार ०८:३४