सूचनाको शक्ति - The Power Of Information

        

पाकिस्तानसँगको टी–२० क्रिकेटमा अस्ट्रेलिया तीन विकेटले विजयी

पाकिस्तानसँगको टी–२० क्रिकेटमा अस्ट्रेलिया तीन विकेटले विजयी भएको छ ।

जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर १ बलमा ७ विकेट गुमाउँदै भेट्टायो । अस्ट्रेलियाको जितमा कप्तान आरोन फिन्चले सर्वाधिक ५५ रन बनाए। पाकिस्तानका शाहिन साह अफ्रिदी, उस्मान कादिर र मोहम्मद वासिम जुनियरले दुई/दुई विकेट लिए ।

लाहोरमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ६६ रन बनाए । अस्ट्रेलिया नाथन एलिसले ४ विकेट लिए ।

डेब्यु खेल खेलेका क्यामरन ग्रिनले दुई विकेट लिए । अस्ट्रेलियाले २४ वर्षपछि पाकिस्तान भ्रमण गरेको हो । टेस्ट र टी–२० जितेको अस्ट्रेलिया एक दिवसीयमा पराजित भएको थियो ।

तीन टेस्टको श्रृङ्खला अस्ट्रेलियाले १–० ले जितेको थियो । तीन एक दिवसीयमा पाकिस्तान २–१ ले विजयी भएको थियो।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार ०८:३१