सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका वडाअध्यक्ष वल्लनसहित डेढ सय बढी काँग्रेसमा प्रवेश

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १५ का वडाअध्यक्ष काँग्रेसमा प्रवेश गरेका छन् ।

उक्त वडाका वडाअध्यक्ष वल्लन कवडिया सोमबार एक कार्यक्रमका बीच काँग्रेसमा प्रवेश गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी जनता समाजवादी पार्टीबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

उनीसहित एक सय ५६ जनालाई कार्यक्रमका प्रमुख अतिथी एवम् काँग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले प्रवेश गराए ।

सो क्रममा काँग्रेस बाँकेका जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, जिल्ला सचिव सुधान्सु कोइराला, क्षेत्र नम्बर– २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, प्रदेश सभा– २ ‘ख’ का सभापति जितेन्द्र हमाल, नगर सभापति प्रशान्त विष्ट, काँग्रेस नेता बीरेन्द्र शाह लगायत उपस्थित भएका थिए ।

‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियान अन्तरगत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १५ मा आयोजित कार्यक्रममा प्रवेश गराइएको हो ।

यसैबीच, कोहलपुर नगरपालिका वडा नम्बर–१५ मा लामो समयदेखि नेकपा एमालेमा संगठित सदस्यको रूपमा कृयाशिल राष्ट्रिय युवा संघ बाँकेका सदस्य समेत रहेका लोकप्रिय युवा नेता सन्तराम थारू काँग्रेसमा प्रवेश गरेकाछन् ।

काँग्रेस क्षेत्र नम्बर –१ का सभापति पोषण केसीले लोकप्रिय युवा नेता थारुलाई बिनाशर्त काँग्रेसमा प्रवेश गरेको बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार १८:४०