सूचनाको शक्ति - The Power Of Information

        

मोटरसाईकल दुर्घटनामा बाँकेका एकजनाको मृत्यु

बर्दियाको बाँसगढी नगरपालिका–८ ककौरामा रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

सोमबार बेलुकी पौने ८ बजे भे ३ प ७७५९ नम्बरको मोटरसाईकल सडक छेउमा रोकिराखेको भे १ त ३१७ नम्बरको ट्रयाक्टरमा ठोक्किएर पल्टिएको थियो ।

मृत्यु हुनेमा मोटरसाईकल चालक बाँके बैजनाथ गाँउपालिका–५ का १९ वर्षीय संतोष चौधरी रहेका छन् ।

गम्भीर घाइते उनको उपचारको क्रममा बाँके स्थित नेपालगञ्ज मेडिकल कलेजमा सोमवार राती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाईकलमा सवार सोही स्थानका २२ वर्षीय कबिराम चौधरीको सोही अस्पतालमा उपचार भईरहेको छ ।

ट्रयाक्टर चालकलाई ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार १८:३०