संविधान दिवसका अवसरमा असोज ३ गते घोषणा गरिएका विभूषण आउँदो वैशाख १ गते प्रदान गरिने भएको छ ।
संविधान दिवसका दिन नौ सय तीन जनालाई विभूषण दिने घोषणा गरिए पनि कोरोना भाइरस महामारीका कारण वितरण गरिएको थिएन ।
वैशाख १ गते राष्ट्रपति निवास शितलनिवासमा समारोह आयोजना गरी राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रदान गरिने भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
घोषित विभूषणमध्ये नेपालरत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, प्रवल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्रीको पदक मात्र प्रदान गरिन लागिएको हो ।
हेर्नुहाेस् नामावली :
सत्यपाटी । काठमाडौँ ।