सूचनाको शक्ति - The Power Of Information

        

यो वर्ष पनि कक्षा १२ को प्रश्नपत्र अनलाइनबाट

राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ देखि हुने कक्षा १२ को परीक्षामा देशैभर अनलाइनबाट प्रश्नपत्र पठाउने भएको छ । बोर्डले गएको वर्षपनि अनलाइनबाट प्रश्नपत्र पठाएको थियो ।

त्यसमा कुनै समस्या नभएको र सहज रुपमा परीक्षा सम्पन्न गर्न सफल भएको मूल्यांकन गर्दै यो वर्षको परीक्षामा पनि अनलाइनबाट प्रश्नपत्र पठाउने निर्णय भएको हो ।

बोर्डले आफ्ना सबै प्रदेश परीक्षा कार्यालयलाई पत्राचार गर्दै इन्टरनेट, विद्युत, इन्भर्टर वा जेनेरेटरको सुविधा, प्रिन्टर भएका विद्यालयलाई मात्र परीक्षा केन्द्र कायम गर्न निर्देशन दिएको खबर नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार ०८:११