सूचनाको शक्ति - The Power Of Information

        

बैतडीमा म्यादी प्रहरीको कोटा थप

म्यादी प्रहरी । फाइल तस्वीर ।

जिल्लामा म्यादी प्रहरीको कोटा थप गरिएको छ ।

यसअघि ८ सय १५ जनाको लागि परिक्षा लिइएको बैतडीमा अन्तिम समयमा आएर कोटा थप गरिएको हो ।

प्रहरी प्रधान कार्यालयबाटै अहिले १ हजार ५१ जना छनोट गर्न जानकारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यसअघि ८ सय १५ जनाका लागि परीक्षा हुँदा १ हजार ५२ जनाले लिखित सम्मका सबै परीक्षा पास गरी अन्तरवार्ता दिएका थिए ।

सोमबार कोटा थप भएको जानकारी आएसँगै लिखित परीक्षाबाट वैकल्पिकमा रहेका व्यक्तिहरूलाई समेत अन्तरवार्ताका लागि बोलाइएको छ ।

लिखितको योग्यता क्रममा रहेका १२४ जनाको मंगलबार अन्तरवार्ता लिइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरिक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार ०८:०६