सूचनाको शक्ति - The Power Of Information

        

समाचार

नेपालगन्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्कियो

उडान अवतरण अहिले सुचारु

नेपालगञ्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ ।

काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज अवतरण हुने बेला सोमबार राति पौने आठ बजे खरायो ठोक्किएको हो ।

जहाजमा खरायो ठोक्किएपछि केहीबेर रोकिएको उडान अवतरण अहिले सुचारु रहेको बुद्ध एयर नेपालगञ्जका व्यवस्थापक विनित शाहले बताए ।

जहाज ल्यान्ड हुनेबेला ठोक्किएको खरायोको मृत्यु भएको छ । नेपालगञ्ज विमानस्थलमा यसअघि पटक–पटक जहाजमा बँदेल ठोक्किएको थियो ।

बँदेल ठोक्किने क्रम बढेपछि विमानस्थल कार्यालयले धावनमार्ग नजिकको झाडी सफाइ गरेको थियो । धावनमार्ग नजिक रहेको झाडीमा जंगली जनावर रहेकाले विमानस्थलमा जनावर ठोक्किने जोखिम रहँदै आएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार ०७:३८