सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार झन्डै १६ अङ्कले घटेर २५ सय विन्दुभन्दा तल झर्‍याे

शेयर बजार आज साेमवार पनि घटेको छ ।

हिजो आइतवार झन्डै ३१ अङ्कले घटेको शेयर बजार आज १५ दशमलव ९४ अङ्कले घटेर दुई हजार चार सय ९७ दशमलव ४७ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । यस्तै दुई सय २६ वटा कम्पनीका ३४ लाख २९ हजार कित्ता शेयर एक अर्ब ५८ करोड ४६ लाख रुपैयाँमा कारोबार भएकाे छ ।

सबैभन्दा धेरै इमर्जिङ नेपालको ६ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो । आज कर्णाली विकास बैंक र प्रभु इन्सुरेन्सको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्र बजार घटे पनि राष्ट्र उत्थान र नेस्डाे समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले बढको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार १७:४६