सूचनाको शक्ति - The Power Of Information

        

थप ३३ जनामा काेराेना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३ जना काेराेना संक्रमित थपिएका छन् ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशैभर आज (सोमबार) ५ हजार ५९ जनामा नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा थप ८९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हाल देशभर गरेर ८ सय ४२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार १७:४३