सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा २३ गतेदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

बाँकेमा एक लाख बढी बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ ।

बाँकेमा यही २३ गतेदेखि १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले सोमवार नेपालगञ्जमा जिल्ला खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीलाई आयोजना गरेको अभिमुखिकरणमा एक लाख १५ हजार दुई सय बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालयका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

जिल्ला खोप समन्वय समितिका संयोजक अजय श्रीवास्तवको सभापतित्वमा भएको अभिमुखिकरण कार्यक्रममा खोप फोकलपर्सन श्रेष्ठले विद्यालयमै बालबालिकालाई खोप लगाउन लागिएको छ । उनका अनुसार दुई सय बढी विद्यार्थी भएका विद्यालयलाई खोप केन्द्र बनाइएको छ ।

अभिमुखिकरणमा वरिष्ठ बालरोग विशेषज्ञ डा विनोद खेतानले दूषित पानी र प्रदूषित खाद्य पदार्थको सेवनबाट यो रोग सर्ने भएकाले टाइफाइडबाट जोगिन ढुक्क भएर खोप लगाउन आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्य कार्यायल बाँकेका प्रमुख धीरजंग शाहले बाँके पूर्णखोप जिल्ला घोषित भइसकेकाले खोपको दीगोपनाका लागि यो अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले खोप अभियानमा सहभागी हुन आव्हान गरे ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार १७:३८