नेपालगञ्जमा एक युवकले आत्माहत्याको प्रयास गरेका छन् ।
सुर्खेत जिल्ला दुल्लु नगरपालिका वडा नंं.२ डाँडामाढी गाउँका ४० वर्षीय राजु परियारले आफ्नो घाँटीमा आफैले चक्कु प्रहार गरी आत्माहत्याको प्रयास गरेका हुन् ।
चक्कु प्रहारपछि घाईते परियारलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पुर्याइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, परियार नेपालगञ्ज नाका हुँदै रोजगारीका लागि भारत जाने क्रममा नेपालगञ्जको बसपार्क क्षेत्रको होटेलमा बास बसेका थिए ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सत्यपाटी । बाँके ।