बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जानकी गाउँपालिका– ३ मानपुराका ५२ वर्षीय रामपल्टन काँदु गुप्तालाई पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ ।
लेनदेन मुद्दामा गुप्तालाई २०७५ साल भदौ ११ गते जिल्ला अदालतले दोषी ठहर गर्दै ९ महिना कैद फैसला गरेको थियो ।
उनलाई घरैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गुप्तालाई सोमवार जिल्ला अदालतमा बुझाएको छ ।
सत्यपाटी । बाँके ।