सूचनाको शक्ति - The Power Of Information

        

खजुरा–४ का वडाध्यक्षद्वारा एमाले छाडेको घोषणा

बाँकेको खजुरा गाउँपालिका–४ का वडाध्यक्ष तिलकवीर सुनारले एमाले पार्टी परित्याग गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

नेकपा एमाले खजुराका नेता तथा राष्ट्रिय युवा संघ नेपाल बाँकेका पूर्व संयोजकसमेत रहेका वडाध्यक्ष सुनारले एमाले बाँकेका सचिवको रबैयाका कारण एमाले पार्टी छाडेको बताएका छन् ।

वडाध्यक्ष सुनारले एमाले बाँकेका सचिवको रबैयाको कारण पार्टी छाडेको अभिव्यक्ति दिँदै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमाले पार्टी त्यागेको घोषणा गरेका छन् ।

उनले लेखेका छन्, ‘नेकपा एमाले बाँके पार्टी सचिवद्वारा मप्रति गरिएको अभिव्यक्ति तपाईं नभए पनि पार्टी चल्छ भन्ने शब्दलाई कार्यान्वयन गर्दै आजबाट नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गर्दछु ।’

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार १३:५२