सूचनाको शक्ति - The Power Of Information

        

गठबन्धनको बैठक मंगलबार बस्ने, तालमेलको ‘मोडालिटी’बारे छलफल हुने

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्नेबारे थप निर्णय गर्न गठबन्धनको बैठक मंगलबार (भोलि) बस्ने भएको छ ।

सत्ता गठबन्धनको नेतृत्व गरिरहेका प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा भारत भ्रमण सकेर आइसकेकाले गठबन्धनको बैठक मंगलबार बस्ने भएको हो ।

नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरिसकेपनि पाँच दलिय गठबन्धनमा भने यसको मोडालिटि बनिनसकेको स्थिती छ ।

मंगलबारको बैठकले स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे बिस्तृत रुपमा निर्णय गर्ने नेताहरुको भनाइ छ । काँग्रेसले आवश्यकताका आधारमा स्थानीय तहहरुमा तालमेल गर्ने बताउदै आएको छ । यद्यपि काँग्रेका केही नेताहरुले तालमेलको गर्ने निर्णयको बिरोध जनाउदै आएको छ ।

काँग्रेस भित्रै एक्लै निर्वाचनमा जानु पर्ने र गठबन्धन गर्नु पर्ने भन्ने विवाद उब्जिरहहेको छ । उता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्र पनि काँग्रेसँग गठबन्धन हुने विषयमा पूण रुपमा ढुक्क भने छैन ।

उसले माओवादी केन्द्र एक्लै चुनावमा जाने हैसियत राख्ने र २०० बढी स्थानीय तहहरुमा जित निकाल्न सक्ने दाबी समेत गर्दै आएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार ०९:२४