सूचनाको शक्ति - The Power Of Information

        

आईपीएल क्रिकेटमा साविक विजेता चेन्नईको लगातार तेस्रो हार

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्ग्सले लगातार तेस्रो हार बेहोरेको छ ।

गएराति भएको खेलमा पञ्जाब किङ्ग्ससँग ५४ रनले पराजित हुँदै चेन्नईले तेस्रो हार बेहोरेको हो । पञ्जाबले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा अलआउट हुँदै एक सय २६ रन मात्र बनाउन सक्यो । यस अघि मुम्बईमा पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो ।

यस जितसँगै पञ्जाबले तीन खेलमा दोस्रो जित निकालेर चार अङ्क जोडेको छ । चेन्नईले ३ खेलमा अंक जोड्न सकेको छैन । आईपीएल अन्तर्गत आज बेलुकी सनराइज हैदराबाद र लखनउ सुपर जायन्ट्स खेल्दैछन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार ०८:३९