सूचनाको शक्ति - The Power Of Information

        

श्रीलंकाका २६ जना मन्त्रीले दिए सामुहिक राजीनामा

आर्थिक संकटमा फसेको श्रीलंकाका २६ जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् ।

खाद्यान्न अभाव र बढ्दो महंगीको बिरोधमा जनताको प्रदर्शनकाबीच २६ जना मन्त्रीहरुले राजीनामा दिएका हुन् । प्रधानमन्त्री समक्ष राजीनामा दिने मन्त्रीहरुमा प्रधानमन्त्री राजापाक्षेका छोरा समेत रहेका छन् ।

मन्त्रीहरुको राजीनामाले सरकार थप अप्ठेरोमा परेको छ । यद्दपी राजीनामा दिएका मन्त्रीहरुले जनता र सरकारको स्थायीत्वका लागि राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।

श्रींलकामा पछिल्लो समय राजधानी कोलोम्बो लगाएतका शहरहरुमा प्रदर्शकारीहरुले कर्फ्यू उलंघन गर्दा ६ सय ५० जना प्रदर्शनकारी पक्राउ परेका छन् ।

सरकार विरोधी प्रदर्शन चर्कदै गएपछि श्रीलंकामा आइतबारदेखि ३६ घण्टे कर्फ्यू आदेश जारी गरिएको थियो । औषधी, खाद्यान्न र इन्धन लगायत अत्यावश्यक सामग्रीको अभाव भएपछी सर्वसाधारण दिनहुँ प्रदर्शनमा उत्रिएका छन् ।

त्यसलाई नियन्त्रणमा राख्नका लागि सरकारले सामाजिक सञ्जालको पहुँचमा पनि अवरोध गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

गत बिहिबार प्रदर्शनकारीले राष्ट्रपतिको निजी निवास क्षेत्रमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । लगातार रुपमा भइरहेको सरकार विरुद्धका प्रदर्शनबाट त्यहाँको जनजीवन थप अस्तब्यस्त बनेको छ ।

श्रीलंक सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछीको सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार ०८:०४