सूचनाको शक्ति - The Power Of Information

        

देउवाको भारत भ्रमण सामान्य, सीमाबारे मोदी–देउवा मौन

 प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण नेपालले गत वर्षको जेठमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछिको पहिलो उच्चस्तरीय भ्रमण भएको छ ।

यसअघि नत भारतबाट कुनै उच्चस्तरीय भ्रमण भएको भियो न नेपालबाट नै । त्यसैले यो भ्रमणमा सीमासम्बन्धी छलफल र त्यसको समाधानको बाटो पहिल्याइने अपेक्षा राखिएको थियो ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका समकक्षी नरेन्द्रदास मोदीबीचको एकल र द्धिपक्षीय दुवै वार्तामा यस विषयमा खासै छलफल भएन ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार ०७:४०