सूचनाको शक्ति - The Power Of Information

        

चीनमा फेरी बढ्दै कोरोना संक्रमित

चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ ।

चीनमा आज आइतबार एकै दिनमा १३ हजार १ सय ४६ जना कोरोना संक्रमित फेला परेका छन् ।

यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोरोना पहिलो लहरपछिको अहिलेसम्मकै उच्च हो ।

चीनमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएको छ । संक्रमितहरूमध्ये १४ सय ५५ जनामा कोरोना लक्षण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ ।

कोभिड महामारीको केन्द्रबिन्दु बनेको चीनको संघाईमा झन्डै साढे २ करोड मानिस घरभित्रै बसेका छन् । कोरोना संक्रमण फेरि देखिएसँगै प्रभावित प्रान्तका सहरमा सरकारले आवत जावतमा कडाइ गरेको छ ।

चीनको सबैभन्दा बढी जनसंख्या भएको सहर संघाईमा १४ गतेदेखि दुई वर्षपछि सबैभन्दा कडा लकडाउन लागू गरिएको हो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतवार १७:३६