सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा

२४ घण्टामा मृत्यु हुनेको संख्या शून्य

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घट्ने क्रम जारी रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जना नयाँ संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशैभर आज (आइतबार) ६ हजार ९ सय ९ नमुना परिक्षण गर्दा २३ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हाल देशभर गरेर ८ सय ९९ जना संक्रिय संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतवार १७:१६